कहिले खुल्छ तातोपानी नाका?

कहिले खुल्छ तातोपानी नाका?

Play all audios:

Loading...

काठमाडौं — भूकम्प र पहिरोले अवरुद्ध भएसँगै बन्द रहेको यो नाका कहिले खुल्छ भन्ने जवाफ न नेपालसँग छ, न चीनका अधिकारीले नै औपचारिक रूपमा दिन सकेका छन् । दुवै पक्षले ‘ऐतिहासिक सम्बन्ध बोकेको


नाका बन्द भइरहनु हुन्न’ त भनिरहेका छन् तर खुलाउने सुरसार भने छैन । <?xml encoding="UTF-8"??> चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र ३ अर्बजतिको निर्यात हुने प्रमुख नाका


तातोपानी बन्द भएको दुई वर्ष कटिसकेको छ । कूटनीतिक उच्चस्रोतका अनुसार खासामा नयाँ र व्यवस्थित बस्ती बसेपछि मात्र उक्त नाका खुलाउने चिनियाँ पक्षको तयारी छ । त्यस्तो बस्ती खासामा कहिले र कसरी


बस्छ भन्ने कसैलाई थाहा छैन । तिब्बत सरकारका तर्फबाट खासालाई पुन:संरचना गर्ने र नयाँ ढंगले बसोबास गराउने प्रस्ताव एक वर्षअघि नै गरेको हो । उक्त प्रस्तवअनुसार बस्ती व्यवस्थित भएपछि मात्र नाका


खुल्ने परराष्ट्र अधिकारीले अनौपचारिक जानकारी पाएको बताए । २०७२ असोजमा संविधान जारी भएपछि तराई आन्दोलनको निहुँ झिकेर संविधानप्रति असन्तुष्ट छिमेकी भारतले लगाएको ५ महिने अघोषित नाकाबन्दीले


मुलुक निकै असजिलोमा पर्दा पनि चीनले उक्त नाका खुलाउन पहल गरेन । बरु रसुवाको केरुङ नाकालाई उपयोगमा ल्याउने रणनीति लियो । चीनको ध्यान रसुवा–केरुङको प्रचारमै केन्द्रित रह्यो । मध्यमवर्गीय


नेपालीका लागि खाद्यान्न र इन्धनबाहेक सबै खाले उपभोग्य वस्तु चीनबाटै आयात हुँदै आएको छ । त्यो आयातको मुख्य बिन्दु नै तातोपानी नाका थियो । तर भूकम्पपछि पहाड नै कमजोर रहेको भन्दै पूर्ण रूपमा


नाका बन्द राख्नुलाई चिनियाँ मित्रभावको ‘अर्को’ रूपमा व्याख्या हुन थालेको छ । उक्त नाका नखुल्दा हजारौं कामदार र व्यवसायी पेसाबाट विमुख भएको जानकारी चीनलाई छ । तातोपानी नाकाबाट व्यापार


गर्नेहरूको लगानी डुबेको मात्र छैन, धेरैजसो विस्थापित नै भएका छन् । व्यवसायी, पर्यटक र कामदारले सधैं व्यस्त रहने उक्त नाकामा अहिले सन्नाटा छ । त्यो भेगको विकास मोडेल नै परिवर्तन भएको छ ।


चीनले तिब्बतको खासा बजारको भौतिक संरचना खलबलिएको भन्दै व्यावसायिक कारोबार मात्र होइन, एकतर्फी रूपमा मितेरी पुलबाट हुने सर्वसाधारणको आवतजावतसमेत रोकिरहेको छ । उक्त नाका पूर्ण रूपमा बन्द हुँदा


पनि चीनले चासो नदेखाएको भन्दै परराष्ट्र अधिकारीहरू भन्छन्, ‘चीनले खोल्दैनौं पनि भन्दैन । तर खोल्दा पनि खोल्दैन । उनीहरूले के गर्न खोजेका हुन्, बुझ्नै सकिएन । नाका खोल्न किन ढिलाइ भएको


भन्नेमा समेत उनीहरू भौगोलिक कारण मात्र देखाउँछन्,’ ती अधिकारीले भने । दुई वर्षयता बन्द नाका खोल्ने वा नखोल्नेबारे चीनले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन । अघिल्ला प्रधानमन्त्री केपी


ओलीदेखि वर्तमान प्रधानमन्त्री पुष्पमकल दाहालको चीन भ्रमणमा समेत नाका खोल्ने बताएको चीनले त्यसपछि भने चासो देखाएको छैन । चैतमा बेइजिङ र तिब्बत पुग्दा दाहालले नाका खोल्ने विषय राखेको र


उनीहरूले अध्ययनमा रहेको, छिट्टै सुचारु हुने बताएका थिए । ‘छिट्टै खोल्छौं । यहाँहरूका साथै हाम्रा नागरिकको पनि आग्रह छ । नाका नखोल्ने भन्ने नै होइन,’ ल्हासाका लागि नेपाली महावाणिज्य दूत


गोविन्दबहादुर कार्कीले चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै कान्तिपुरसँग भने, ‘यो नाकासँग हाम्रो ऐतिहासिक सम्बन्ध जोडिएको छ । यसलाई नखोली कहाँ हुन्छ ? खोल्छौं । विभिन्न अध्ययनका प्रतिवेदनहरू


आइरहेको र आउने क्रममा छ । खासाको भूगोलको अवस्था राम्रो आओस् भन्ने हाम्रो प्रार्थना छ ।’ उनीहरूले भौगोलिक अवस्था नै जटिल र कमजोर आधार भन्दै उक्त नाकाबन्द गरेको र अब छिट्टै खोल्ने जानकारी


दिएको कार्कीले बताए । ‘कुन मोडलबाट खोल्ने भन्ने विषयमा अझै छलफल भएको छैन । सहज रूपमा नाका खुल्ने अवस्था छैन तर नेपाली पक्षको दबाब रहँदा खोल्नेछ,’ परराष्ट्र सम्बद्ध एक अधिकारीले भने, ‘नेपालले


वान बेल्ट वान रोडमा हस्ताक्षर गर्ने क्रममा पनि यो नाका खोल्ने सर्त राख्नुपर्ने थियो । त्यसमा हामी चुक्यौं वा चीनको भनाइलाई विश्वास गर्‍यौं ।’ सुरक्षित र व्यवस्थित बस्तीको अध्ययन भएको र


त्यसलाई कार्यान्वयनमा ल्याए अब खासामा नयाँ बस्ती बस्ने बताइएको छ । त्यसपछि मात्रै नाका खुल्ने विश्वास परराष्ट्र अधिकारीको छ । गत वर्ष तयार उक्त प्रस्तावमा २०१८ भित्र खासालाई पुन:संरचना गर्ने


उल्लेख छ । प्रकाशित : जेष्ठ १०, २०७४ ०१:३० कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the dynamic world of business, finance, and economics.


We cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking news on Nepal's economic policies, political


decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether you're an investor looking for the latest updates


on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore our coverage of IPO openings and results, Nepal's


remittances, and their role in the national economy, and stay updated on the government of Nepal's economic initiatives and their impact on the local economy. हाम्रो बारेमा यो वेबसाइट


कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई


समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©


Copyright ekantipur.com