Play all audios:
बेइजिङ — सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका छन् । विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो पनि सबैले देख्ने गरी बसको बाहिरपट्टि बनाइएको छ । <?xml
encoding="UTF-8"??> त्यति मात्र होइन एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको र्याफटिङका
दृश्य पनि बसमा बनाइएको छ । दैनिक लाखौं मानिस आवातजावत गर्ने सहरमा समग्र नेपाललाई चिनाउने यस्ता बसहरू नेपाली सडकमा चाहिँ गुडेका होइनन् । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा
नेपालीपनको सिंगो परिचय बोकेर मंगलबारदेखि बसहरू गुड्न थालेका हुन् । क्वाङचौमा गत वर्ष मात्र स्थापित नेपाली महावाणिज्यदूतावासको सक्रियतामा सहरको भित्री भागका विभिन्न रुटमा गुड्ने चारवटा बसले
चिनियाँलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरम बाँड्न थालेका छन् । यी बसहरू आगामी तीन महिनासम्म नेपाली सन्देश बोकेर सडकमा गुड्नेछन् । क्वाङचौस्थित नेपाली महावाणिज्यदूत रवि भट्टराईले
चिनियाँसम्म नेपालको प्रचार गर्नका लागि सहरमा गुड्ने सार्वजनिक बसलाई नेपालमय बनाइएको बताए । उनका अनुसार एउटा बसलाई यसरी विज्ञापन प्रायोजन गर्नका लागि महावाणिज्यदूतावासले १८ हजार चिनियाँ युआन
(झन्डै ३ लाख रुपैयाँ) खर्च गरेको छ । अहिले चारवटा बसलाई तीन महिनाका लागि प्रायोजन गरिएको र थप दुईवटा बसमा नेपाल पर्यटन बोर्डले प्रायोजन गरेर प्रचार गरिने भट्टराईले कान्तिपुरलाई बताए । उनले
भने, ‘गाउँ क्षेत्रमा जाने बसमा प्रायोजन गर्न केही सस्तो पर्ने रहेछ । धेरै मान्छेसम्म नेपालको प्रचार पुगोस् भनेर हामीले मुख्य सहरी क्षेत्रमा गुड्ने बस रोजेका हौं ।’ बसमा नेपाल पर्यटन बोर्डले
बनाएका विभिन्न नाराहरूलाई चिनियाँ भाषामा अनुवाद गरेर राखिएको छ । हङकङको नजिकै रहेको क्वाङचौ सहर नेपाली व्यापारीहरूले सामान ल्याउने मुख्य बन्दरगाहका रूपमा चिनिन्छ । चाइना साउदर्न एयरलाइन्सले
क्वाङचौबाट हरेक दिन नेपालमा उडान गर्दै आएको छ । क्वाङचौका चिनियाँलाई नेपाल भ्रमणमा आकर्षित गर्न यो काइदा अपनाइएको महावाणिज्य दूत भट्टराईले बताए । सुरुमा बस बिसौनी र रेल स्टेसनमा डिजिटल बोर्ड
राखेर नेपालको प्रचार गर्ने सोचाइ महावाणिज्य दूतावासले गरेको थियो । यसो गर्दा निकै महँगो पर्ने भएकाले स्थानीय नेपालीसँग सरसल्लाह गरेर सार्वजनिक बसमा नेपाल झल्काउने स्टिकर टाँसेर प्रचार
गरिएको भट्टराईले बताए । प्रकाशित : चैत्र १४, २०७४ १०:२८ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the dynamic world of business, finance, and
economics. We cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking news on Nepal's economic policies,
political decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether you're an investor looking for the
latest updates on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore our coverage of IPO openings and
results, Nepal's remittances, and their role in the national economy, and stay updated on the government of Nepal's economic initiatives and their impact on the local economy.
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com