'अबको तीज नो व्रत प्लिज'लाई हाइलाइट्ले राख्यो 'प्राइभेट'मा

'अबको तीज नो व्रत प्लिज'लाई हाइलाइट्ले राख्यो 'प्राइभेट'मा

Play all audios:

Loading...

काठमाडौँ — युट्युब च्यानल हाइलाइट्स नेपालले आइतबार सार्वजनिक भएको गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज'लाई युट्युबमा प्राइभेटमा राखेको छ । पछिल्लो समय गीतले धार्मिक


आस्थालाई आघात पुर्‍याएको भन्दै हिन्दु धार्मिक संगठनका व्यक्तिहरुले गीत हटाउन गायिका र युट्युब च्यानललाई दबाब दिएका थिए । <?xml encoding="UTF-8"??> धार्मिक संगठनहरूले युट्युब


च्यानललाई पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले भने । 'हिन्दु जागरणबाट चिठ्ठी आएको छ हटाउनु भनेर । प्राइभेटमा राखिएको हो ।उहाँहरुको जबसम्म सहमति हुँदैन


तबसम्म गीत प्राइभेट राख्ने निर्णय लिएका हौं ।' लगातार गीत हटाउन दबाब सहेकी गायिका सोफिया अहिले आफू शून्य अवस्थामा रहेको बताइन् । 'म शून्य छु । अहिले आएर कस्तो तनाव दिने गीत रहेछ त,


कस्तो तरंग ल्याउने सिम्पल गीत रहेछ भनेर छक्क पर्‍या छु । यो त अत्ति नै भएन त । एउटा संस्था मिलेर एउटा कलाकारको गीत नै हटाइदिने भनेपछि त एउटा कलाकारले कति दबाब भोग्नुपर्ने स्थिति रहेछ देखियो


नि ।' लगातार धम्की आइरहँदा पनि गीत हटाउन नहुने पक्षमा थिइन् सोफिया । 'हटाउन हुँदैन नि । यो त असमान्य अवस्था हो । एउटा शक्ति मिलेर कलाकारको सिर्जनालाई क्रस गर्न सक्नु भनेको त


समाजको लागि चिन्ताको विषय हो,' उनले भनिन् । प्रकाशित : श्रावण ७, २०७७ १५:२५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली


भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर


पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com