Play all audios:
काठमाडौं — राप्रपाकी नेत्री प्रतिभा राणालाई सरकारले जापानका लागि राजदूत बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारको सिफारिसमा राणालाई राजदूत नियुक्त गरेकी हुन् । लामो समयदेखि
राजनीतिमा सक्रिय राणा राप्रपा कोटामा राजदूत नियुक्त भएकी हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन् । <?xml encoding="UTF-8"??> आइतबार नै राष्ट्रपति भण्डारीले
सरकारको सिफारिसमा इजिप्टमा रहेका राजदूत झवीन्द्र अर्याललाई गैरआवासीय राजदूतका रूपमा मोरक्को र लेबननको कार्यभार थपिदिएकी छन् । यस्तै, ब्रसेल्सका लोकबहादुर थापालाई लग्जेम्बर्ग, ब्राजिलका
ताराप्रसाद पोखरेललाई अर्जेन्टिना, दक्षिण अफ्रिकाका अमृत राईलाई जिम्वावे र पाकिस्तानकी सेवा लम्साल अधिकारीलाई इरानको गैरआवासीय राजदूतको कार्यभार थपिएको छ । ‘अभियानमा दलको सहभागिता
छैन’काठमाडौं (कास)– वाग्मती सरसफाइ अभियानमा कुनै पनि राजनीतिक दलको संलग्नता नरहेको बताइएको छ । वाग्मती सरसफाइ अभियानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि सामाजिक सञ्जालमा
राजनीतिक दलसँग सम्बन्धित रहेको भ्रम सिर्जना गरिएको भन्दै त्यसमा कुनै सत्यता नभएको उल्लेख गरेको छ । ‘कुनै पनि अभियन्ताको राजनीतिक आस्था र पार्टी आबद्धता व्यक्तिगत स्वतन्त्रता हो,’ विज्ञप्तिमा
भनिएको छ, ‘अभियान सबै दलको साझा बन्न सक्छ तर कुनै एक पार्टीको मात्र बन्न सक्दैन ।’ साथै भविष्यमा कुनै पनि राजनीतिक दलसँग नजोड्निे विज्ञप्तिमा उल्लेख छ । अभियानले २ सय ६ शृंखला पूरा गरेको,
उपत्यका नदीनालाबाट हालसम्म ८ हजार ५ सय मेट्रिकटन फोहर व्यवस्थापन गरेको, ७ लाखभन्दा बढी स्वयंसेवकको परिचालन गरेको र ३ हजार बढी संघ–संस्थाको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ । निजी जमिनका
सालबारे कार्यदलकाठमाडौं (कास)– निजी आवादीमा रहेका साल प्रजातिका रूख कटानी, ओसारपसार तथा बिक्रीवितरण व्यवस्थित गर्न भन्दै वन मन्त्रालयले अध्ययन कार्यदल बनाएको छ । वनस्पति विभागका महानिर्देशक
डा. अखिलेश्वरलाल कर्णको संयोजकत्वमा गठित कार्यदलमा वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक डा. दीपक खराल, वन विभागका उपमहानिर्देशक शिवकुमार वाग्ले, मन्त्रालयका उपसचिवद्वय यादव धिताल र
पशुपति कोइराला, कानुन उपसचिव वशिष्ट घिमिरे तथा मन्त्रालयका अधिकृत केदार कोइराला सदस्य छन् । निजी जमिनमा भएका सालका रूख काट्न सहज बनाउनेबारे दुई चरणमा अनौपचारिक छलफल भएको कार्यदलका सदस्य
खरालले बताए । प्रकाशित : वैशाख ११, २०७४ ०८:३२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com