Play all audios:
काठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेका छन् । काठमाडौंमा मंगलबार बसेको ९
विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । <?xml encoding="UTF-8"??> बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनता कोरोनाबाट छटपटिइरहँदा उनीहरूको जीवनरक्षाको
दायित्वप्रति उदासीनता देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कदमले व्यवस्थाप्रति नै वितृष्णा जगाउने उल्लेख छ । संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय
भएको विज्ञप्तिमा जनाइएको छ । बैठकले संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता–कार्यकर्तालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेको छ । बैठकमा
नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्र, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठलगायत सहभागी थिए ।
प्रकाशित : पुस ७, २०७७ १३:२३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com