पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित [मतसहित]

पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित [मतसहित]

Play all audios:

Loading...

काठमाडौँ — नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल


विजयी बनेको हो । <?xml encoding="UTF-8"??> निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । अत्यक्षका


अर्का प्रत्यासी प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह


बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै शर्मा समूहका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला


उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् ।


महासचिवमा भने रोशन पुरी विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला


सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई हराए । सचिव


मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् । यस्तै लेखा समिति संयोजकमा


लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए । खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज


खत्री विजयी भएका छन् । त्यस्तै सरिता तिम्सिना (खस-आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा


तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल


अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै अमर खड्का र दीपेन्द्र रुम्दाली राई प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश २ बाट केसी लामिछाने र शिव


पुरी र वाग्मती प्रदेशबाट ध्रुवकुमार रावल र सुनिल खड्का निर्वाचित भएका छन् । गण्डकीबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनीबाट भवानीप्रसाद पाण्डे र सुशील पोख्रेल, कर्णालीबाट दीपेन्द्र


शर्मा र भीमबहादुर सिंह तथा सुदूरपश्चिमबाट उत्तरसिंह विष्ट र भरतबहादुर साह निर्वाचित भएका समितिले जनाएको छ । उपत्यकाबाट केन्द्रीय सदस्यमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल,


प्रतिष्ठानतर्फबाट मणि दाहाल र रामकृष्ण अधिकारी केन्द्रीय सदस्य भएका छन् । यस्तै एसोसियटबाट कृति भट्टराई र विकास कार्की विजय भए । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक


प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो । प्रकाशित : चैत्र २८, २०७७ १६:११ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली


भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर


पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com