Play all audios:
काठमाडौ — आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले पेट्रोलियम खरिद सम्झौतासम्बन्धी वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन् । <?xml
encoding="UTF-8"??> 'वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ,' उनले भने, 'सम्झौता राज्यको हितमा हुन्छ ।' निगम र भारतीय आयल निगम (आइओसी) बीच भएको पेट्रोलियम
खरिद सम्झौता यही मार्चमा सकिँदै छ । नयाँ सम्झौताका लागि आइओसीका उच्च अधिकारी वार्ता गर्न शुक्रबार नेपाल आएका छन् ।वार्ता शनिबारदेखि सुरु भएको हो । कामु कार्यकारी निर्देशक अग्रवालले वार्ता
आइतबारसम्म जारी रहने बताए । 'यही छलफलबाट नयाँ सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने प्रयास भइरहेको छ,' उनले भने । यसअघि निगम र आइओसीबीच नेपाल र भारतमा विभिन्न चरणमा वार्ता भइसकेको छ
। आइओसीको वार्ता टोलीको नेतृत्व आइओसीका महाप्रबन्धक यमकिरण धिकरले गरेका छन् । आइओसीको ४ सदस्यीय वार्ता टोलीमा धिकरसहित अर्का एक जना महाप्रबन्धक, एक जना उपमहाप्रबन्धक र एकजना वरिष्ठ अधिकृत
छन् । त्यसैगरी नेपाली वार्ता टोलीमा अग्रवालबाहेक निगमका निर्देशक राजिभ गौतम, उपनिर्देशक सुशिल भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नुतराज पोखरेल छन् । अघिल्ला वार्तामा आइओसीले
मूल्य समायोजन अवयवका नाममा लिँदै आएको शुल्क छुट दिने सहमति जनाइसकेको छ । मूल्य समायोजन अवयवका नाममा आइओसीले भारत सरकारले कच्चा पेट्रोलियम पदार्थमा लिने कर र प्रशोधन केन्द्र सुरक्षा शुल्क
लिन्थ्यो । यस्तो रकम कुल पेट्रोलियम खरिदको करिब ५ प्रतिशत थियो । भारत सरकारले कच्चा पेट्रोलियम पदार्थमा लिने कर भने निगमले झन्झटिलो प्रक्रियाबाट पछि फिर्ता पाउँथ्यो ।मूल्य समायोजन अवयव शुल्क
छुट पाउने भएपछि निगमले यस्तो झन्झटबाट मुक्ति पाउने भएको छ । तर आइओसीले मार्केटिङ मार्जिन अढाई प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउने जनाएको थियो । निगमले पहल गरेपछि प्रतिकिलोलिटर/टन
पेट्रोलियम पदार्थ खरिद गर्दा ५ सय ६० रुपैयाँ छुट दिन सहमति जनाएको छ । त्यसबाहेक तेस्रो मुलकुबाट पेट्रोलियम पदार्थ खरिद गर्ने, बन्दरगाह सुविधा शुल्क घटाउने, पेट्रोलियम ढुवानी टैंकरलाई भारतीय
भूमिमा लिइने शुल्कमा सुविधा दिने लगायत विषयमा छलफल भइरहेको छ । निगमले वार्ता सकिएपछि त्यसमा भएका सहमति एकै पटक सार्वजनिक गर्ने जनाएको छ । प्रकाशित : चैत्र १३, २०६८ ०९:३६ पुस १६, २०६९ पुस १६,
२०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com