Play all audios:
टीकापुर — कैलालीको खक्रौलामा भन्सार कार्यालय स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ । नेपाल–भारत सीमामा रहेको मोहना नदीमा पक्की पुल निर्माणसँगै भन्सार कार्यालय निर्माणको प्रक्रिया
अघि बढाइएको हो । <?xml encoding="UTF-8"??> भन्सार कार्यालयलाई आवश्यक जग्गा अधिग्रहण गर्दा जग्गा धनीलाई मुआब्जा दिने विषयमा शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको कैलाली
भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकले बताए । ‘सरकारी दरभाउ र स्थानीयको सुझावलाई मध्यनजर गरी मुआब्जाका लागि सिफारिस गर्छौं,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले
निर्धारण गरेअनुसारको मुआब्जा वितरण गरिनेछ ।’ चालू आर्थिक वर्षमा जग्गा खरिद भएपछि अर्को आवमा भन्सारको भवन निर्माण गरिने भन्सार अधिकृत विकले बताए । यहाँ भन्सार कार्यालय स्थापना भए खत्रलौला
सुदूरपश्चिमकै मुख्य नाका हुन सक्ने सम्भावना रहेको स्थानीय बताउँछन् । कार्यालय स्थापनाका कम्तीमा दुई बिघा जग्गाको प्रस्ताव गरिएको भन्सार अधिकृत विकले बताए । मोहना नदीमा पुल बनेपछि खक्रौलामा
रहेको सत्ती छोटी भन्सार कार्यालय अपायक भएको छ । मोहना नदीमा बनेको पुलभन्दा भन्सार कार्यालय करिब एक किलोमिटर पश्चिममा बाटो नै नभएको ठाउँमा रहेको छ । मोहना नदीमा पुल नहुँदा भन्सार कार्यालय
नजिकैबाट डुंगाबाट ओहोरदोहोर हुने गरेको थियो । पुल बनेपछि भन्सार कार्यालय अपायक बनेको हो । पुल बनेपछि भन्सारमा राजस्व तिर्न तथा कर्मचारीलाई पनि सामान चेकजाँच गर्न अप्ठ्यारो भइरहेको छोटी
भन्सारमा कार्यरत कर्मचारी बताउँछन् । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द हमालले भन्सार स्थापनाको पुरानो माग अब पूरा हुने आशा जागेको बताए । प्रकाशित : वैशाख २६, २०७३ ०९:१३ पुस १६, २०७३
पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो
पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com