Play all audios:
कोलकाता — भारतीय अभिनेता सौमित्र चटर्जीको ८५ वर्षको उमेरमा निधन भएको छ । विख्यात निर्देशक सत्यरजीत रेको फिल्मबाट अभिनय थालेका चटर्जीको कोलकातास्थित एक अस्पतालमा निधन भएको हिन्दुस्तान
टाइम्सले उल्लेख गरेको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । <?xml encoding="UTF-8"??> भारतीय सिनेमामा प्रदान गरिने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के
अवार्ड प्राप्त उनले फिल्म क्षेत्रमा ६१ वर्ष बिताए । छवि विश्वास, उत्तम कुमार, उत्पल दत्तलगायत बंगाली फिल्मका नामुद कलाकारसँग उनले काम गरेका थिए । सत्यजीत रेको फिल्म 'अपूर संसार'बाट
अभिनय सुरु गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चटर्जीको निधनले सिनेमा जगतलाई ठूलो हानी भएको भन्दै ट्विट गरेका छन् । प्रकाशित : कार्तिक
३०, २०७७ १७:४१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com