आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ

आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ

Play all audios:

Loading...

काठमाडौँ — एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ (संस्था) का रूपमा स्थापित अमेरिकी अध्येता एलिजावेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको


सिविक अस्पतालमा निधन भएको छ । <?xml encoding="UTF-8"??> सन् ६० को दशकमा ‘टाइम’ पत्रिकाका लागि समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार एलिजावेथले त्यसयताको आफ्नो सम्पूर्ण जीवन


हिमाल र हिमाली सोधखोज, अध्ययन, अनुसन्धानमा लगाएकी थिइन् । फोक्सोमा संक्रमण देखिएपछि हलीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो


पटक सगरमाथा शिखर आरोहण गरेपछि बाहिरी विश्वको समाचारमा नेपाल र सगरमाथाको नाम एकैसाथ चर्चामा रहेका बेला हलीले नेपालमा रहेका हिमालहरूको आकर्षण, चुनौती तथा विशेषतालाई सबैभन्दा ‘प्रामाणिक’ बनाउन


शोध–अनुसन्धान गर्दै आएकी थिइन् । ‘यति धेरै निष्ठा र लगाव राखेर पर्वतारोहण जगतको प्रामाणिक तथ्य–तथ्यांक राख्ने र शोध–अनुसन्धान गर्ने एलिजावेथ सही अर्थमा दुर्लभ प्रजातिसरहकी शोधकर्ता हुन्’,


नेपालमा १६ वर्षयता अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आयोजना गर्दै आएका पत्रकार वसन्त थापा भन्छन्, ‘हिमाल, आरोहण र आरोहणबारे तथ्य–तथ्यांक राख्ने सरकारी निकाय (पर्यटन मन्त्रालय) भन्दा


बढी आधिकारिक पात्रका रूपमा एलिजावेथको नाम सधैं सम्झनामा रहिरहने छ । हिमाल र हिमाली सूचनाबारे एलिजावेथ एक व्यक्ति नभएर आफैंमा संस्था थिइन् ।’ उनलाई ‘हिमालयन–इन्साइक्लोपेडिया’ को नाममा बाहिरी


विश्वमा चिनिने गरेको छ । अमेरिकाको सिकागोमा जन्मेकी एलिजावेथ ‘कडा मिजास’ की थिइन् । बनावटी कुरा नगर्ने र बोलीवचन–व्यवहारमा स्पष्टवादी भएकाले कतिपय आरोही एलिजावेथको छेउछाउ पर्नै चाहन्नथे ।


पत्रकार थापाले एलिजावेथलाई ‘हिमालयन क्रोनिकलर’ को उपमाले चिनाउन चाहे । एलिजावेथले सुरु गरेको हिमालयन डाटाबेस (द हिमालयन एक्सिपिडिसन) मा नेपालका ३ सयभन्दा धेरै हिमाल तथा ८० हजारभन्दा धेरै


आरोही–आरोहणबारे सूचना छ । ‘कहींकतै आरोही, आरोहण वा हिमालबारे विवाद उब्ज्यो भने अथवा भ्रमपूर्ण सूचना बाहिर आए भने अन्तिम आधिकारिकताका लागि एलिजावेथकहाँ पुग्नुपर्ने अवस्थाले अनुसन्धाताको


संस्थागत हैसियतलाई खुलाउँछ,’ थापाले भने । नेपाल सरकारबाट ‘मानार्थ नागरिकता’ पाएकी एलिजावेथ पछिल्लो आधा शताब्दीयता ढुक्कैजसो काठमाडौं बस्दै आएकी थिइन् । हिमालबारेको शोधखोज तथा


तथ्य–सूचनाबारेको उनको पुस्तक ‘द नेपाल सिन’ (१९८८–२००७) नाममा दुई भागमा प्रकाशित छ । एलिजावेथको योगदानलाई सम्मान गर्न नेपाल पर्वतारोहण संघले डा. हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरेको थियो 


। प्रकाशित : माघ १२, २०७४ २०:४८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com