Play all audios:
काठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । <?xml encoding="UTF-8"??> सडक
निर्माणमा ४ लाख ५६ रुपैयाँ अनियमितता गरेको भन्दै सुर्खेतको सिम्ता गाउँपालिकाका इन्जिनियर नवीन शर्मा, सबइन्जिनियर शंकर पोखरेलसहित ५ जनालाई मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ । मुद्दा
दायर गरिएकामा दुई इन्जिनियरसँगै सडक उपभोक्ता समितिका अध्यक्ष भुवनसिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्दसिंह ठकुरी पनि छन् । अख्तियारले अभियोगपत्रमा ५ जनाले मिलेमतोमा सिम्ता–२ को
देउली–सिर्पा–काफलकोट जोड्ने सडकमा भएभन्दा बढी काम देखाई अनियमितता गरेको उल्लेख गरेको छ । गाडी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने नाममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घूस लिएको अभियोगमा महानगरीय
ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा प्रहरी जवानत्रय देवेन्द्रबहादुर बलायर, हिटलर साउद र लोकेन्द्र थापा छन् । अख्तियारले
दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरका नायब सुब्बा देउमान कडरियाविरुद्ध पनि मुद्दा चलाएको छ । उनले लालपुर्जा दिन सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस लिएको पुष्टि
भएकाले मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ । जुम्लाको सिञ्जास्थित चन्द्रसूर्य आधारभूत विद्यालयका शिक्षक वीरबहादुर बुढाविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक
प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको पुष्टि भएकाले बुढाविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ । प्रकाशित : भाद्र ३, २०७६ २१:२५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com