Play all audios:
काठमाडौं — राष्ट्रसंघीय ६५ औं महासभामा गृहमन्त्री भीम रावलले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । त्यस विषयमा प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार निर्णय लिएका हुन् । <?xml
encoding="UTF-8"??> 'गृहमन्त्री राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जाने हुनुभएको छ,' प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने । उनका अनुसार
नेपालबाट न्युयोर्क जानेमा छ जना छन् । ठूलो टोली लिएर महासभा जान लागेकामा चर्को विरोध भएपछि प्रधानमन्त्री नेपालले त्यहाँ जाने कार्यक्रम रद्द गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता
कोइराला कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेकाले गृहमन्त्री रावललाई छानिएको हो । महासभामा सेप्टेम्बर २० देखि २२ सम्म नेपाली प्रतिनिधिले भाग लिने छन् । न्युयोर्क
जाने टोलीमा सन् २०११-१२ का महासभाका अध्यक्ष पदका उम्मेदवार कुलचन्द्र गौतम, परराष्ट्र सचिव मदन भट्टराई, सहसचिव दुर्गा भट्टराई, प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईलगायत छन् ।
त्यसबाहेक न्युयोर्कस्थित स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यलगायतका अधिकारीले महासभामा भाग लिनेछन् । महासभामा नेपालका तर्फबाट गृहमन्त्री रावलले सम्बोधन गर्नेछन् । 'सहस्राब्दी विकास
लक्ष्यको मूल्यांकन र महासभाको अध्यक्ष पदमा उम्मेदवारी हाम्रो एजेन्डा हुन्,' सल्लाहकार भट्टराईले कान्तिपुरलाई भने । उनका अनुसार त्यसबाहेक अल्पविकसित राष्ट्र (एलडीसी) को शिखर
सम्मेलनसम्बन्धी साइडलाइन बैठक नेपालको अर्को एजेन्डा हो । एलडीसीको शिखर सम्मेलन सन् २०११ को मे महिनामा टर्कीमा हुँदैछ । एलडीसीको अध्यक्ष राष्ट्र नेपाल हो । प्रकाशित : भाद्र २६, २०६७ ००:०३ पुस
१६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको
यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com