Play all audios:
मध्यपहाडी लोकमार्ग अन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक नसकिँदै भत्कन थालेको छ । पिचको काम नसकिँदै टेवा पर्खाल, पुलको जिप र छेउ भत्कन थालेको हो ।
दुई महिनाभित्र भएको अनुगमनमा महानगर विराटनगरका १३ उद्योगको पानी खान अयोग्य देखिएको छ । मापदण्डविपरीत ती उद्योगको पानीमा मानव स्वास्थ्यलाई क्षति पुर्याउने परिमाणमा कोलिफर्मका जिवाणु भेटिएको
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा कानुनी जटिलता रहेकाले अदालतसँग राय माग्ने तयारी
भइरहेको बताएका छन् ।
सरिफा फल बेचेर धनकुटा नगरपालिका ८ तेत्रेदाङका कृषकले आम्दानी बढाएका छन् । जंगलमा पाइने सरिफाको माग उल्लेख्य भएपछि स्थानीय कृषकले बारीमा बिरुवा रोपेर व्यावसायिक उत्पादन गरिरहेका छन् । सरिफा
अर्गानिक फल भएकाले माग बढी हुने गरेको स्थानीयको दाबी छ ।
आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।
सशस्त्र द्वन्द्वका समयमा सुनसान बनेको उदयपुर, सिन्धुली र ओखलढुंगाको सिमानामा पर्ने उदयपुरको घुर्मी बजार अझै व्यापारिक केन्द्रको रुपमा तंग्रिन सकेको छैन ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सडक निर्माणको ३ वटा बहुबर्षीय योजनामा प्रदेशदेखि संघीय संसदलगायतले कमिसन रकम भागबण्डा लगाउन थालेपछि ठाडो निर्देशन दिई स्थगित गरेको बताएका
छन् ।
पर्यटक आकर्षित गर्न धरानको विजयपुर क्षेत्रमा रहेका मुख्य मठ मन्दिरमा पित्तलको छानो लगाउन थालिएको छ । मन्दिर जाने सडक किनारामा ती ऐतिहासिक मन्दिरको चित्रसहित परिचय पनि लेख्न थालिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका महँगा उपकरणहरू बिग्रेका छन् । बिरामीको विभिन्न अवस्था जाँच गर्ने उपकरण बिग्रेपछि अन्यत्र महँगोमा परीक्षण गराउनुपर्ने बाध्यता छ ।
दमक उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ निर्वाचित भएका छन् । संघको विभिन्न २१ पदमा दुई स्वतन्त्रसहित ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
अरुण खोलामा पौडी खेल्ने क्रममा षडानन्द नगरपालिकाका एक युवक बेप्त्ता भएका छन् । वडा नम्बर १२ माघेछाप का २३ वर्षीया दिनेश विक खोलाले बगाएर बेपत्ता भएका हुन् ।
फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयले बताएका छन् ।
सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री
अनियन्त्रित बनेको छ ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ।