कुश्मा-बलेवा यान्त्रिक पुल निर्माण

कुश्मा-बलेवा यान्त्रिक पुल निर्माण

Play all audios:

Loading...

पर्वत — सदरमुकाम कुश्मा बजार र छिमेकी बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि यान्त्रिक पुल निर्माण गरिएको छ । पर्वत उद्योग वाणिज्य संघको प्रवर्द्धनमा केबलकार शैलीको यान्त्रिक पुलका कारण


डेढ/दुई घन्टाको पैदल दूरी तीन मिनेटमा छोटिएको छ । <?xml encoding="UTF-8"??> यसका साथै पर्यटकीय र व्यापारिक गतिविधिमा समेत वृद्धि हुने व्यवसायीको विश्वास छ । यातायातकै


असुविधाले दुई दशकदेखि बन्द बलेवा विमानस्थल सञ्चालनमा समेत सहयोग पुग्ने स्थानीयले बताए । विमानस्थलबाट मुस्ताङ, भैरहवा र काठमाडांै उडान गर्न सकिने स्थानीयको भनाइ छ । बागलुङको दक्षिणी क्षेत्रका


बासिन्दालाई दुईदेखि ५/६ घन्टाको यात्रापछि बागलुङ बजार पुगेर पोखरा, काठमाडांै जानुपर्ने बाध्यता पुलले हटाइदिएको संघ अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए । पुल निर्माण ४ करोडको लागतमा भएको हो ।


रोपवे केवलकार प्रालि ललितपुरले बनाएको पुलको हाल परीक्षण सञ्चालन भइरहेको छ । उवासंघले स्थानीय स्तरमै शेयर संकलन गरेर गत असार १७ देखि पुल निर्माण थालेको थियो । संघले ४ सय ३५ जनाबाट २५


हजारदेखि १५ लाखसम्म सेयर रकम संकलन गरेको थियो । पुल ५ सय ५० मिटर लामो र २ सय ९४ मिटर उचाइको छ । कुश्मा-बलेवा यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बागलुङको १६ गाविसबासीलाई पुलले


प्रत्यक्ष फाइदा पुग्ने बताए । 'यान्त्रिक पुलका कारण स्थानीयलाई आवतजावतमा सहयोग पुग्नुका साथै व्यावसायिक सम्बन्ध पनि गाँसिनेछ,' श्रेष्ठले भने, 'बलेवा विमानस्थल सञ्चालनमासमेत


सहयोग पुग्ने छ ।' उनले पुल पर्यटकीय गन्तव्य बन्ने र आसपासका भैरवस्थान, मुलाबारी, गुप्तेश्वर गुफाजस्ता धार्मिक तथा पर्यटकीय महत्वका ठाउँको प्रवर्द्धनमा टेवा मिल्ने बताए । पुलमा ८/८


व्यक्ति बस्न मिल्ने दुई यान्त्रिक कार जडान गरिएको छ । एउटा कुश्मातर्फ आउँदा अर्को बलेवातर्फ जान्छ । मालसामान ढुवानी पनि हुन्छ । 'बूढाबूढी, केटाकेटी र बिरामीलाई निकै असुविधा थियो, अब


अप्ठेरो बाटोमा उकाली ओराली गर्नुनपर्ने भयो,' बलेवाका लक्ष्मीनारायण श्रेष्ठले भने, 'दुई र् घन्टाको बाटो ३ मिनेटमै पार गर्न पाउँदा खुसी लागेको छ । प्रकाशित : पुस १०, २०६९ ०९:४७ पुस


१६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको


यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर


पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com