Play all audios:
धरान — जाजरकोटको लहै ३ की ३८ वर्षीया कालिका खड्का आफन्त पर्खेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेकी छन्। <?xml encoding="UTF-8"??> स्त्री तथा प्रसूती विभागको २९
नम्बर बेडमा बसेको एक महिना भयो। तर उनलाई लिन र हेर्न समेत अहिलेसम्म कोही आएका छैनन्।पिसाब चुहिने रोग फिस्टुलाबाट पीडित भएपछि गाउँ नजिकैको ओढारमा बसेकी उनलाई गत पुस १३ गते उपचारका लागि
प्रतिष्ठानमा ल्याइएको थियो। उनी पाँच वर्षसम्म जाजरकोटकै चमेरे ओढारमा एक्लै बसिन्। ओढारमा बसेको बेला अरूसँग समेत बोल्न, तर्क गर्न र आफ्नो कुरा राख्न नसक्ने उनी प्रतिष्ठानमा उपचारपछि आफ्ना
कुरा राख्न सक्ने भएकी छन्। पुस २० गते फिस्टुलाको शल्यक्रिया गरेपछि स्त्री तथा प्रसूती विभागको बेडमा रहेकी खड्काले भनिन्, ‘मनमा विरह लाग्या छ। अर्काको ठाउँमा बस्न मन छैन। मलाई लिन माण्ठा पठाइ
दिनू। याँ बसेर क्या गर्ने?’ उनलाई फेरि विवाह गर्ने इच्छा छैन। विवाह गरे पतिले कुट्छ भन्ने डर छ। गाउँ फर्केर गाईभैंसी, पाठा पालेर जीविका चलाउने बताइन। तर, लिन आउने आफन्त नै नआएपछि नियास्रो
लाग्न थालेको बताइन्।उनका अनुसार पहिलो पतिले बच्चा नभएपछि छोडपत्र गरे। दोस्रो विवाह गरिन्। पहिलो बच्चा जन्मेको एक दिनमा मर्यो। दोस्रो बच्चा गर्भमा मरेकाले जाजरकोटकै स्वास्थ्यकर्मीले हात
लगाएर तानेर निकालेका थिए। पाठेघरमा रहेको मरेको बच्चा हात लगाएर तान्दा सँगै रहेको पिसाब थैली फाटेपछि उनलाई फिस्टुला भएको हो। दोस्रो विवाह गरेपछि गर्भमै मरेको बच्चा निकाल्दा भएको फिस्टुलाकै
कारण उनलाई दोस्रो पतिले रातदिन कुटपिट गरेकाले छाडिन्। ‘पानी चुहिन थालेपछि श्रीमान्ले लौराले धेरै कुटेपछि मैले छोड्या हो।’ उनले भनिन्। कालिकाका दुई दाजु उतै छन्।प्रतिष्ठानमा फिस्टुलाको
नि:शुल्क उपचार हुन्छ भन्ने थाहा पाएकी जाजरकोटकै अञ्जना शाह रावलले प्रसूति विभागका फिस्टुलाका साथै स्त्रीरोग विशेषज्ञ चिकित्सक प्रा.डा. मोहनचन्द्र रेग्मीलाई खबर गरेपछि कालिका खड्कालाई धरान
झिकाइएको थियो। डा. रेग्मीले भने, ‘फिस्टुलाको कारण ओढारमा बस्न बाध्य भएकी महिलाको उपचार हुँदै छ। शल्यक्रिया गरेर फिस्टुला टालिएको छ। पिसाब नली साँघुरो भएकाले लगाइएको पाइप केही दिनपछि
निकालिन्छ।’डा. मोहनले कालिकालाई त्यतिकै घर पठाउनु भन्दा महिलाको सरोकार राख्ने संघसंस्थामार्फत केही जीवनमुखी व्यावहारिक सीप र तालिम उपलब्ध गराएर पठाउने योजनासमेत बनाएका छन्। ‘पहिला बोल्न समेत
हिचकिचाउने कालिका अहिले जोसँग पनि सवाल–जवाफ गर्न सक्ने भएकी छन्। पुर्वेलीसँग बोल्दा उनले जाजरकोटे नेपाली भाषा मात्र बोल्ने भएकाले केही नबुझिने भए पनि उनको इच्छाशक्ति मानसिक रूपमा परिवर्तन
आएको छ,’ उनले भने।कालिकाका कुनै कुवा, आफन्त नभएपछि शल्यक्रिया गर्दा समेत चिकित्सकहरूले ‘रिस्क’ मोलेका थिए। लामो समयसम्म फिस्टुला भए पनि यौनाङ्ग, पाठेघरमा संक्रमण भने नभएकाले उनले पुनर्जीवन
पाएको डा. रेग्मीले बताए। उनका अनुसार विश्वमा हरेक वर्ष ५० हजारदेखि १ लाख महिलामा फिस्टुला भइरहेको छ। उनले भने, ‘विश्वमा कालिकाजस्ता पीडित महिलाको संख्या २० लाख रहेको विश्व स्वास्थ्य संगठनले
जनाएको छ।’ उनका अनुसार नेपालमा वार्षिक रूपमा पाँच सयदेखि एक हजार जनालाई फिस्टुला हुने गरेको छ। तर सय जनाले मात्र उपचार पाउने गरेको बताए। गत पाँच वर्ष यतादेखि हालसम्म करिब ४ सय जनाको मात्र
उपचार भएको छ।फिस्टुलाको उपचार शल्यक्रिया जोसुकै चिकित्सकले गर्दैनन्। उपचार गर्ने निजी अस्पतालले ५० हजार देखि १ लाख पैयाँसम्म शुल्क लिने गरेका छन्। तर प्रतिष्ठानमा विगत पाँच वर्षदेखि नि:शुल्क
उपचार हुँदै आएको छ। प्रतिष्ठानमा पूर्वका विभिन्न जिल्लाबाट आएका चार जना महिलाको उपचार भइरहेको छ। फिस्टुलाको उपचारमा कम्तीमा २१ दिन लाग्छ। फिस्टुला समस्या भएका हजारौं महिला अहिले पनि सामाजिक
र पारिवारिक विभेदको सिकार बनेका छन्। लगातार पिसाब चुहिने भएकै कारणले लगाएको लुगा फोहोरमैला हुने, दुर्गन्धित हुने भएकाले सबैले छिछि दुरदुर गर्ने, मुतुइनी भनेर घृणा र तिरस्कार गर्ने, पतिले
समेत छाडेर अर्की पत्नी ल्याउने, छोराछोरीले समेत बेवास्ता गर्ने सामाजिक पारिवारिक समस्या रहेको डा. रेग्मीले बताए। प्रकाशित : माघ २४, २०७२ १०:४३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६,
२०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com