Play all audios:
ताप्लेजुङ — उमेरले ६० पार गरेका गोपी लिम्बू मंगलबार साँझ सदरमुकाम फुङलिङको बैंकलाइन छेउ पुगे र धान नाचको लाइनमा पसे । दायाँबायाँ छेउमा रहेका महिलाको हात समाउनुअघि उनीहरूको थर, गोत्र सोधे ।
साइनो नलाग्ने भएपछि त्यही लाइनमा बसे र पालामको भाका हाल्न थाले । <?xml encoding="UTF-8"??> ३० वर्षका भक्त पालुङवाले पनि गोपीकै विधि अपनाए । शरीरमा दौरा, सुरुवाल, अस्कोट,
शिरमा ढाका टोपी र खुट्टामा छालाको जुत्तामा सजिएका उनले शिरमा शिरबन्दी, शरीरमा गुन्यू, चोली लगाएकी युवतीका बीचमा पसेर दायाँबायाँ हात समाए । हात समाउनुअघि थर, गोत्र मिल्दैन, चेली, माइती होइनौं
भन्ने कुराको पक्कापक्की गरिन्छ । गोपी र भक्त प्रतिनिधि पात्रमात्रै हुन् । लिम्बू समुदायको पुरानो संस्कृतिका रूपमा रहेको धान नाच संरक्षणका लागि आइतबारदेखि मंगलबारसम्म युवा पुस्तादेखि
वृद्धवृद्धासम्म झुमे । सदरमुकाम फुङलिङको पुरानो बैंकलाइनमा गरिएको कार्यक्रममा लिम्बू समुदायलाई पछ्याउँदै अरू जातजातिको पनि धान नाचमा सहभागिता रह्यो । लोपोन्मुख संस्कृति धान नाचको संरक्षण तथा
नयाँ पुस्तामा यसको सन्देश प्रवाहका लागि लाखे जात्राको अवसरमा प्रत्येक वर्ष धान नाच नाचिन्छ । यसको नेतृत्व किराँत याक्थुम चुम्लुङले गर्दै आएको छ । भक्तका अनुसार उनले जान्दासम्म पनि धान नाचको
लोकप्रियता थियो ।सदरमुकाममा लाग्ने लाखे जात्रा मेलामा गाउँदेखिका युवायुवती धान नाच्नकै लागि आउँथे । असारको धान, कोदोजस्ता बाली लगाइसकेर पूर्णिमाका दिन सहर पसेका श्रीकृष्ण जन्माष्टमी पर्व
मनाएर फर्कन्थे । यो बीचमा सदरमुकामका चोकहरूमा रातभरि धान नाच हुन्थ्यो । विशेषत: पालाममा जितेर युवाले युवतीलाई आफ्नी अर्धाङगनी बनाएर लाने प्रचलन थियो । लामो समय धान नाच्दा युवती आफूले घरजम
गर्ने केटा कस्तो छ भनेर अडकल काट्न भ्याउँथे । पश्चिमा संस्कृति हाबी भएसँगै परम्परागत संस्कृति लोप हुन थालेपछि यसको संरक्षणका लागि कार्यक्रम गर्न थालिएको भक्त बताउँछन् । गोपीका अनुसार यो पनि
दोहोरीजस्तै हो । एकआपसमा हात समाएर घुम्दा वा नघुमी एकै ठाउँ उभिएर नाच्दा लय मिलाएर निकालिने आवाजलाई पालाम भनिन्छ । यसमा पुरुष महिलाको सवाल–जवाफ चल्छ । व्यावहारिकदेखि पारिवारिक र
ज्ञानविज्ञानका कुरा पालाममार्फत नै साटासाट हुन्छ । मानवीय जीवनमा भोगिने जन्म, जीवन र मृत्युसम्मका विषयमा सवालजवाफ हुने भक्त बताउँछन् ।धान नाच्दा कसैले कसैको शरीरमा अञ्जानमा छोए मात्रै पनि
अगाडि गएर माफी माग्नुपर्ने चलन छ । धारापँधेरामा नुहाइधुवाइ गर्दादेखि मेलापातमा समेत गुन्जने पालाम र धान नाच लोपोन्मुख हुँदा संरक्षण अभियान थालिएको किराँत याक्थुम चुम्लुङ अध्यक्ष भद्र बोखिम
बताउँछन् । रोपाइँ जात्रा मनाइयोसंखुवासभा (कास)– सांस्कृतिक महत्त्वको रोपाइँ जात्रा बुधबार सदरमुकाम खाँदबारी र चैनपुरमा विशेष उत्सवसाथ मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ
जात्रा विशेष उत्सवका रूपमा मनाइन्छ । चैनपुर र खाँदबारीमा आयोजित कार्यक्रममा जात्रालाई एकताको पर्व पार्न अन्य जातजातिको समेत संस्कृति प्रदर्शन गरिएको थियो । कार्यक्रममा राई, लिम्बू, तामाङ,
शेर्पा, नेवारलगायत १० जातजातिद्वारा झाँकी प्रदर्शनी गरियो । बाजागाजा, सांस्कृतिक झाँकीसहित खाँदबारी र चैनपुरमा रोपाइँ जात्रा गरिएको हो । जात्रामा हास्यव्यंग्य र नेवार समुदायको लाखे नाचसमेत
प्रदर्शन गरिएको थियो । प्रकाशित : श्रावण २६, २०७४ ०८:२३ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर
राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा
पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright
ekantipur.com