साउदी जेलमा भोक हडताल, पछि फिर्ता

साउदी जेलमा भोक हडताल, पछि फिर्ता

Play all audios:

Loading...

काठमाडौ — साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चार सय नेपालीले गरेको भोक हडताल बुधबार साँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका नेपाली घर फिर्ने प्रक्रिया पूरा गर्न त्यो जेल गएका


हुन् । साउदीमा गैरकानुनी नेपाली कम्तीमा ८० हजार छन् । <?xml encoding="UTF-8"??> जेल प्रशासनले आउँदो साता तीन सय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले


भोक हडताल तोडेका हुन् । जेल गएका नेपाली कामदारलाई एक महिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाउँमा राखेको भन्दै मंगलबार


साँझदेखि 'रोटी' बहिष्कार गरी भोक हडतालमा उत्रिएका थिए । 'रोटी' बहिष्कार गरेपछि जेल प्रशासनले निकै गम्भीर रूपमा लिएको साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । जेल


प्रशासन र दूतावासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् । जेलका प्रमुख आएर आउँदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचन दिएपछि


भोक हडताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । 'कर्णेल आएर आउँदो हप्ता ३ सयलाई पठाउने बचन दिएपछि भोक हडताल तोड्यौं,' बाँकेका अलीले फोनमा भने । पहिलो पटक नेपालीले जेलमा


रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदूत पाण्डेलाई फोन गरी रिसाएका थिए । 'सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरि उनीहरू नै हाम्रो रोटी बहिष्कार गर्ने ?', कर्णेलको


भनाइ उद्धृत गर्दै दूतावासका एक अधिकारीले भने, 'उनीहरू आफंै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उल्लंघन गर्ने ?'भोक हडताल फिर्ता लिन लगाउन दूतावासले दमामस्थित कर्मचारी हरिप्रसाद


घिमिरेलाई जेल पठाएको थियो । राजदूत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएका छैनन् । टिकट अभावले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । 'जेल परेका कामदारलाइ स्वदेश


फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराउँछ । अहिले बिदाको समय भएकाले जहाजको टिकटको अभाव छ,' पाण्डेले भने । प्रकाशित : असार २१, २०६९ ०९:०१ पुस १२, २०६९ पुस १२, २०६९ पुस ११, २०६९ पुस १०,


२०६९ पुस ५, २०६९ पुस ४, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com